पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट पाँच पक्राउ

रासस
वैशाख २०, २०७८
gold-bars-drawings_csp8382403

काठमाडौँ, २० वैशाख (रासस) । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँचजनालाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुनजस्तो पहेँलो धातुसहित प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपरासीका राजु विश्वकर्मालाई आज दिउँसो पक्राउ गरेको हो ।

पक्राउपरेकामध्ये एयर अरेबियाको उडानमा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६९८ ग्राम ९१० मिलिग्राम बराबरको सुन जस्तो देखिने बिस्कुट आकारको पहेँलो धातु दुई थान र दुईवटा बाला बरामद गरेको हो ।

यस्तै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धनबहादुर तथा नेपाल एयरलाइन्सबाट आएका राजुको साथबाट जम्मा ७०९ ग्राम उक्त धातु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुले लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छलि विदेश लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

पक्राउ पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…