पोखरा, २० वैशाखः लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका विभिन्न स्थानमा शनिबार समूहिक पूजा गरिएको छ ।
स्थानीय सिलिङ्गे चेतना महिला समूहको प्रमुख सङ्कल्पमा यहाँका साविक भरतपोखरी गा.वि.स.का वडा नं ५ र ६ मा पर्ने चण्डी देउराली, कोटभैरव, नाउरुङ, व्यार्थोक र मैदानमा छुट्टाछुट्टै पूजा गरी पानी मागिएको समूहकी सचिव सीता केसी महतले जानकारी दिनुभयो ।
परापूर्व कालदेखि लामो समय खडेरी परेमा यहाँका यी शक्तिपीठहरूमा सामूहिक पूजाआजा, भजनकीर्तनसहित पानी माग्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।
पूजाआजा सहित पानी मागेका अवस्थामा न्युनत एक हप्ता भित्रमा पानी पर्ने गरेको जनविश्वास कायमै रहेको छ ।
सामूहिक पूजाकै अवसर पारी स्थानीय विष्णु पौडेलले आफ्नी छोरी स्व. आरती पौडेलको स्मृतिमा चण्डी देउराली मन्दिरमा घण्टी प्रदान गर्नुभएको समूहकी अध्यक्ष कर्णकुमारी महतले जानकारी दिनुभयो ।
लामो समयदेखि पानी नपरेका कारण खेतबारी लगाइएको मकै लगायत अन्य तरकारी बाली सुक्न थालेपछि कृषकहरू समस्यामा परेका छन् ।
खडेरीकै कारण वरपरका प्राकृतिक जलाशयमा समेत पानी सुक्दै जाँदा दैनिकी सञ्चालनमा समेत समस्या परेको स्थानीयको दुःखेसो छ ।
यहाँका कोटभैरव, चण्डी देउराली लगायतका शक्तिपीठको अस्तित्व नेपालका वाइसे चौवीसे राजाका पालादेखि नै भएको मानिने भएकोले सामाूहिक पूजाआजा सहित पानी माग्ने प्रचलन पनि त्यही समयदेखि नै भएको हुनसक्ने बुढापाकाको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी