मकवानपुर, १९ वैशाख (रासस)। मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आज चट्याङ लागेर गम्भीर घाइते भएका विराट वाइबाको मृत्यु भएको छ ।
घाइते मकवानपुरगढी–२ बस्ने २६ वर्षीय बिराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै चट्याङ लागेर घाइते भएका स्थानीयवासी ५६ वर्षीय वीरबल वाइवा र ४६ वर्षीय वीरबहादुर वाइवाको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
आज दिउँसो पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका उनीहरू चटयाङ लागेर गम्भीर घाइते भएका थिए ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी