अन्नपूर्ण प्रथम आरोहणमा रेर्कड राख्ने महिला फोटो पत्रकारलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १०, २०७८
received_124654419657199 (1)

पोखरा, वैशाख १० गते । फोटो पत्रकार तथा हिमाल आरोही महिला पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकारहरुले सम्मान गर्नु भएको छ ।

अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रच्दै समग्र फोटो पत्रकारको गौरव बढाएको भन्दै बधाईसहित सम्मान प्रदान गरेको हो ।

फोटो पत्रकार सङ्घ कास्की र फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशले उहाँलाई सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गरेको हो ।

कारोबार दैनिक र न्युयोर्क टाइम्समा फोटो पत्रकारका रुपमा काम गर्दैै आउनु भएकी श्रेष्ठ अन्नपूर्ण प्रथम आरोहण गर्ने प्रथम नेपाली महिला हुनुहुन्छ ।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पर्यटन बोर्डका पूर्व सदस्य अग्नि कँडेल, फोटो पत्रकार संघ कास्कीका अध्यक्ष प्रदिप पौडेल, गण्डकीका अध्यक्ष राम गुरुङले उहाँलाई सम्मान गर्नु भएको थियो ।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले महिला र त्यसमाथि पनि फोटो पत्रकार भएर हिमाललाई नजिकबाट दृश्यावलोकन गर्दा नेपालको पर्यटन क्षेत्र विश्व बजारमा प्रचार भएको बताउनुभयो ।

पर्यटन बोर्ड पूर्व सदस्य अग्नि कँडेलले राज्यले सम्मान गर्न नसकेका बेला फोटो पत्रकारले राष्ट्रको गहनालाई सम्मान गरेको भन्दै प्रशंसा गर्नुभयो ।
फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रदिप पौडेलले पत्रकारहरु अरुको फोटो खिच्ने र समाचार लेख्ने मात्रै होइन, आफैँ समाचारको विषय बन्ने गरी कीर्तिमान राख्न पनि सक्षम छन् भन्ने कुरा श्रेष्ठले प्रमाणित गर्न सकेको बताउनुभयो ।

सङ्घ गण्डकीका अध्यक्ष राम गुरुङले श्रेष्ठले राखेको कीर्तिमानले समग्र फोटो पत्रकारलाई गौरवान्वित बनाएको उल्लेख गर्नुभयो ।

सम्मान ग्रहण गरेपछि उहाँले सुरुमा फोटो पत्रकार बन्नका लागि सामान्य क्यामेरा किन्न पनि धौ धौ परेको अनुभव सुनाउँदै भन्नुभयो, ‘सबै हिमाल चढेको सुन्दा त्यसको फोटो खिच्दै प्रकृतिसँग रमाउने धोको मेरो मनमा पनि थियो ।’

कार्यक्रममा फोटो पत्रकार सङ्घलगण्डकी प्रदेशका महासचिव कृष्णमणि बराल, कास्की सचिव दुर्गा पौडेल, पर्यटन व्यवसायी टीकाराम सापकोटा, पत्रकार सागरराज तिमिल्सिना, नारायण आचार्य, इन्द्र पौडेल, घनश्याम पौडेल, सुरज श्रेष्ठ, युनिश गुरुङ, प्रेम थापालगायतले फोटो पत्रकारहरुको इज्जत पूर्णिमा श्रेष्ठको कीर्तिमानले थपिएको धारणा राख्नुभयो ।

अन्नपूर्ण प्रथम (८०९१ मि.) आरोहण निकै नै जोखिमपूर्ण मानिन्छ । आरोहण समूहमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा, शर्मिला तामाङ, पासाङ ल्यामु शेर्पा, दावा याङ्जेन शेर्पा, दावा फुटि शेर्पा रहनु भएको थियो । उहाँहरुले गत शुक्रबार दिउँसो साढे १ बजे अन्नपूर्ण प्रथमको सफल आरोहण गर्नु भएको थियो ।

अन्नपूर्ण प्रथम आरोहणका लागि कठिन भएका कारण अहिले करिब २ सय ५० जना आरोहण गरि सक्नु भएको छ । यो वर्ष मात्रै ६७ जनाले सफल आरोहण गर्नु भएको छ । अहिलेसम्म २४ महिलाले आरोहण गर्नु भएको छ भने यो वर्ष मात्रै नेपाली ६ जना र विदेशी ६ जनाले सफल आरोहण गर्नु भएको छ ।

फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्षपहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेक्नु भएको थियो । उहाँहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् वि.सं. २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गर्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…