पोखरा । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आफ्ना पिताको देहवासन भएर काजकीरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना हुनु भएका केसीमा मङ्गलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
सभापति केसीका छोरा सरोज केसीले दिएको जानकारी अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । यसैबीच, कास्की काँग्रेसले सभापति केसीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले सभापति केसीसँग भेटघाटका लागि भीड नगर्न आग्रह गर्नु भएको छ ।
सभापति केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रवक्ता सिग्देलले उहाँ छिट्टै कोरोना मुक्त हुने विश्वास व्यक्त गर्नु भएको छ ।
Related News
सम्बन्धित समाचार
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने