पोखरा, ५ वैशाख । वर्षापछिको भेलका कारण बस्तीमा जोखिम बढेपछि जोखिम नियन्त्रणको माग गर्दै पोखरा १७ छोरेपाटनवासी आइतबार सडक डिभिजन कार्यलय पोखरा पुगेका छन् ।
छोरेपाटन निवासी राष्ट्रिय सभाकी पूर्व सदस्य बृन्ददेवी रानाको नेतृत्वमा १५ जनाको टोली सडक डिभिजन कार्यालय पुगेको हो । टोलीले कार्यालय प्रमुख सुनिल बाबु पन्तसँग भेटेर त्यहाँको जोखिम बारे जानकारी गराएको थियो ।
शनिवार परेको वर्षापछिको भेलले छोरेपाटनस्थित प्रहरी चौकी नजिकैको वर चौतारा क्षेत्रमा असर पारेको राष्ट्रिय सभाकी पूर्व सदस्य रानाले बताउनुभयो । भलले बस्तीभित्रको जमिनमा प्वाल पार्ने र घरका पर्खालमा क्षति पु¥याउन थालेपछि स्थानीय चिन्तित छन् ।
कार्यालय प्रमुख पन्तले त्यस क्षेत्रको स्थलगत निरीक्षण गरी तत्काल नियन्त्रणको प्रयास थाल्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । आज नै निरीक्षण गरी तत्काल गर्न सकिने प्रयास सुरु गर्ने उहाँको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने