PHOTO: BALKRISHNA THAPA CHHETRI/THT
अर्घाखाँची, ३१ चैत (रासस) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन् ।
उनले सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको बताए ।
माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दावी उनको थियो ।
प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए ।
यदी माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेले अन्य दलको समर्थन जुटाएर सरकार बनाउने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुङ्शतावादी हो या लोकतन्त्रवादी हो भनेर समयले बताउने उनले तर्क गरे ।
देशलाई निकास दिने पार्टी एमाले र नेता केपी ओलीमात्र भएको उनको जिकिर थियो ।
Related News
सम्बन्धित समाचार
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य
व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति
व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म
व्यापार मेलामा सम्भावनाको बहस