पोखरा, २१ चैत । नेपाल विद्यार्थी संघ तनहुँका सभापति एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणि खनालले आफ्नो जन्मदिनको अवसरमा मृगौला पीडितलाई सहयोग गरेका छन् ।
खनालले भिमाद नगरपालिका वडा नं २ रघु निवासी मृगौला पीडित जयराम थापालाई २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
एक कार्यक्रमकाबीच सहयोग सङ्कलन समितिका संयोजक बिरामीका नातेदार मोहनसिंह थापालाई रकम हस्तान्तरण गर्दै खनालले समाजमा निशुल्क स्वास्थ, शिक्षा जस्ता आधारभूत कुराको सुनिश्चिततालाई प्राथमिकतामा राख्दै आँफू राजनीतिमा लागेको बताए ।
खनालले यस अघि पनि कोरोना महामारीका समयमा पीडितलाई राहत तथा सहयोग गर्नुका साथै समाजका विपन्न तथा असहायलाई जन्मोत्सव लगायतका विभिन्न सन्दर्भमा सहयोग गर्दै आएका छन् ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी