पोखरा, १८ चैत । नेपाल आदिवासी जनजाति संघ कास्कीले १९ गते बिहीबार पोखरामा शुभकामना आदानप्रदान, नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन र सम्मान कार्यक्रम गर्ने भएको छ ।
यसअघि चैत १४ गतेका लागि तय भएको कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै स्थगित गरिएको थियो ।
सो कार्यक्रमका लागि नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत पोखरा आउने संघका अध्यक्ष आश बहादुर गुरुङले जानकारी दिए ।
पोखरा पार्टी प्यालेस बास्तोलाथरमा हुने कार्यक्रममा सहभागिताका लागि अध्यक्ष गुरुङले आग्रह गरेका छन् । कार्यक्रमको तयारी पूरा भएको छ ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives