ट्रेड युनियन काँग्रेस कास्कीमा संस्थापक अध्यक्ष कोइरालाको सम्झना

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ७, २०७७
girija Prasad koirala

पोखरा, ७ चैत । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले ट्रेड युनियनका संस्थापक एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्मरण गरेको छ ।

स्व कोइरालाको ११ औ स्मृति दिवसको अवसरमा ट्रेड युनियनको विकास र विस्तारसँगै नेपाली राजनीतिमा पु¥याएको योगदान स्मरण गरिएको थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले अनौपचारिक क्षेत्रमा रहेको श्रमिकको जीवनस्तर सुधार्न र मर्यादित बनाउन भूमिका निर्वाह गनुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसकी उपमहासचिव राधिका कुइकेल, अध्यक्ष मुरारी शर्मा, केन्द्रीय सदस्य जित गुरुङ, नेपाल वित्तीय कर्मचारी संघ कास्की अध्यक्ष ज्ञाज शर्मा, सचिव रुद्र तिमिल्सिनाले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग