लमजुङ, ३ चैत (रासस) । चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन् ।
उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आज दिउँसो परेको चट्याङ लाग्दा लमजुङ क्ब्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पढ्दै गरेका तीन विद्यार्थी घाइते भएका हुन् ।
उनीहरुलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। उनका अनुसार सो विद्यालयका कक्षा १० मा अध्ययनरत छविन्द्र गुरुङ र मनबहादुर गुरुङ गम्भीर घाइते भएका छन् ।
उनीहरुको उद्धारबापत लाग्ने खर्च सो गाउँपालिकाले ब्यहोर्ने प्रजिअ शर्माको भनाइ छ । उनीहरु विद्यालयको कक्षाकोठामै चट्याङ लागेर घाइते भएका र सोही कक्षामा रहेका अन्य विद्यार्थीलाई भने केही नभएको वडाध्यक्ष खेमबहादुर गुरुङले बताए। घाइतेको हातखुट्टा र शरीरको अन्य भागमा चोट लागेको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी