हल्का वर्षाको सम्भावना

रासस
फागुन २०, २०७७
rainfall

काठमाडौँ, २० फागुन (रासस) । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए। उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहने छ ।

हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…