म माथि सांघातिक आक्रमणको सम्भावना – प्रधानमन्त्री

सांघातिक आक्रमण निस्तेज पार्न सुरक्षा व्यवस्था कडा पार्न आग्रह

राष्ट्र न्यूज सम्वाददाता
फागुन १७, २०७७
KP oli pokhara

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर ः प्रदिप पौडेल

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सांघातिक आक्रमणको सम्भावना रहेको बताएका छन् ।

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

उनले सम्पूर्ण रुपमा आफूमाथि प्रहार भएको दाबी गर्दै शारीरिक हमला भएर ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्न आग्रह गरे ।

उनले देश र पार्टीलाई अन्धकारको बाटोमा जान नदिनका लागि कार्यकर्ताहरुलाई अनुशासित ढंगले काम गर्न आग्रह गरे ।

उनले आफूमाथि हुने सांघातिक आक्रमण निस्तेज पार्न सुरक्षा व्यवस्था कडा पार्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफूलाई गलहत्याएर नभै विधि र प्रक्रियाबाट हटाउन प्रचण्ड माधव पक्षलाई चुनौती दिए ।

उनले भने, ‘पार्टी एकताका लागि मैले बहुमत छोडेर उहाँहरुले ल्याएका नामलाई सदर गरेको हुँ । उहाँहरु निर्वाचित हैन । आवश्यक परेमा मैले नै हटाउन सक्छु । त्यो अधिकार म मा छ । केको बहुमतको कुरा गर्ने ?’

उनले आफूलाई संसदीय दलको नेताबाट विधि सम्मत् रुपमा हटाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।

संसदीय दलको वैठक बोलाउछु आएर सामना गरी हटाउन उनको चुनौती छ । आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रुपमा प्रयोग भएको बताए ।

संसद पुनःस्र्थापनाका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूहरुलाई मान्य भएको उल्लेख गर्दै उनले भने, ‘अब देश कतातिर जान सक्छ भन्ने निक्र्यौल भने छैन ।’

प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने भन्दै कार्यकर्तालाई आश्वासन दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives