आज श्रीस्वस्थानी व्रत सकिदै

राष्ट्र न्यूज सम्वाददाता
फागुन १५, २०७७
swasthani brat

पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ ।

आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । यो व्रत बस्नाले शान्ति, सुःख, समृद्वि अनि अध्यात्मिक चेतनामा वृद्वि भई सुस्वास्थ्य हुने जनविश्वास रहदै आएको छ ।

स्वस्थानी व्रत कथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।

समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ। काठमाण्डौको साँखुस्थित शालिनदीमा एका विहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना हुन्छ  । आज रातभर जाग्राम समेत बस्ने चलन छ ।

यो समाचार हाम्रो पात्रोबाट लिइएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives