पोखरामा राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाउन वडाबासीको भिड

राष्ट्र न्यूज सम्वाददाता
फागुन १४, २०७७
photo 1

पोखरा, १४ फागुन । पोखराका वडाहरुमा यतिबेला राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन वडाबासीको भिड लागेको छ ।

केही दिन यतादेखि पोखरा महानगरपालिका वडा नं ११, १२, १३, १४, १५ र १६ मा परिचय पत्रका लागि फोटो खिचिएको छ ।

पोखरा ११ मा तीन स्थानमा फोटो खिच्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए । पोखरा ११ मा वडा कार्यालय भवन, क्षयरोग निवारण संस्था र काँहु स्वास्थ्य चौकीमा फोटो खिच्ने व्यवस्था मिलाइएको छ ।

वडावासीको सहजका लागि अघिल्लो दिन टोकन वितरण गरी भोलिपल्ट फोटो खिच्नका लागि बोलाइएको वडा अध्यक्ष बास्तोलाको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives