पोखरा, १४ फागुन । हालै लमजुङको बेसीसहरमा शाखा सञ्चालन गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले त्यहाँका सेवाग्राहीलाई मध्यनजर गरी नयाँ योजना सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले फागुन महिनाभर मधुमेह (सुगर), वाथ र युरिक एसिडसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिरहेको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
शाखामा थाइराइड, होलबडी लगायत अन्य सबै रोग रक्त परीक्षणमा ३० प्रतिशत छुट दिइएको छ । त्यो क्षेत्रका बासिन्दामा मधुमेह, बाथ, खानपिनबाट हुने समस्या बढी देखिएकाले उनीहरुलाई सित्तैमा गुणस्तरीय सेवा दिन यो योजना ल्याएको पन्तले बताए ।
युआरएलले चैत १ गतेदेखि स्याङ्जाको वालिङमा पनि शाखा सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि पोखराको न्युरोड, सभागृहचोकमा प्रधान कार्यालय, तनहुँका दमौली र दुलेगौंडा र लमजुङ बेसीसहरको सेराचोकमा युआरएलले शाखा खोलिसकेको छ ।
गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पु¥याउन युआरएल लागिपरेको सिइओ भूपेन्द्रराज पाण्डेयले बताए ।
युआरएलले स्थापनाको ८ वर्षमा ८० हजारभन्दा बढीको सित्तैमा रगत जाँच गरेको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय ९ वटा निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
सोंथर बेँसी मेलाको तयारी तिव्र
Archives
Archives