सडेको रहरको दाल बेच्नेलाई तीन लाख जरिवाना

रासस
फागुन १३, २०७७
rahar dal

मोरङ, १३ फागुन (रासस)  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ ।

उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७०० बोरा बरामद भएको छ ।

व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सन् २०१३ मा उत्पादन भएको उक्त रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री वितरण गर्ने गरेको अनुगमनका क्रममा फेला पारेको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

भारतबाट आयात गरिएको उक्त दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ । उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो । बोहोराले उक्त दाल विराटनगरसहित मुलुकभरि थोकमा बिक्री वितरण गर्दै आएका छन् ।

बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुनसक्ने आशङ्कामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ । व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल(स्टिकर) राखेर दाल बजार पठाउने कार्य गर्दै आएका थिए ।

Related News

सम्बन्धित समाचार

  • विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार पोखराका संरक्षणकर्मी आचार्यलाई

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा २० बैशाख । पोखराका राजु आचार्य हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित हुनुभएको छ । बेलायती राजकुमारी एनले…
  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…

Archives

Archives