दाहाल–नेपाल पक्षले विजय जुलुस निकाल्दै

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७७
prachanda-madhab-nepal

पोखरा, १२ फागुन । सर्वाेच्चले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेपछि नेकपा पुष्पकमल दाहाल –माधव नेपाल पक्षले बुधबार देशभर विजय जुलुस निकाल्ने भएको छ।

सो पक्षका नेता तथा कार्यकर्ताले फैसला आए लगत्तै दिपावली समेत गरेका थिए । जिल्ला सदरमुकाममा बिहान ८ बजे र १२ बजे काठमाण्डौंको शान्ति बाटिकामा विजय जुलुस निकाल्ने तयारी छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा सो पक्षले दिनहुँ जस्तो प्रदर्शन जारी राख्दै आएको थियो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै