पोखरा, १२ फागुन । इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट सार्वजनिक गरेको छ ।
बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबारदेखि विक्री शुभारम्भ गरिएको हो । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू रहेको कम्पनीले जनाएको छ । जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लाग्ने निसानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।
म्यागनाइटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ । पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले निशान म्याग्नाइट धेरै ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।
इलाइट मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक गोपाल बरालले निशान म्याग्नाइटको विक्री शुभारम्भ ग्राहक केन्द्रित यात्रामा एउटा अविस्मरणीय कोशेढुंगा हुने बताए । ‘विशेष गरी हाम्रा मूल्यवान ग्राहकहरुका लागि बिग, बोल्ड, ब्युटिफुल र क्यारिजम्याटिक निशान म्यागनाइट २९ लाख ४९ हजार रुपैयाँमा बजारमा ल्याएका छौं । ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले पक्कै पनि नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।
व्यवस्थित सर्भिस सेन्टर स्थापना गरी कम्पनीले विक्री पछिको सेवालाई प्राथमिकतामा राखेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य
व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति
व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म
व्यापार मेलामा सम्भावनाको बहस