‘पेट्रोलियम पदार्थको मुल्य अझै बढ्न सक्छ’

राष्ट्र न्यूज सम्वाददाता
फागुन ९, २०७७
Program Udghatan pic

पोखरा, ९ फागुन । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार उकालो लागेकाले नेपालमा फेरी पनि मुल्यवृद्धि हुन सक्ने संकेत गरेका छन् ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनको २६ औं वार्षिक साधारण सभा एवं १३ औं महाधिवेशन उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।

निगमले फागुन ४ गते मात्रै डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँका दरले मुल्यवृद्धि गरेको थियो ।

कार्यकारी निर्देशक पौडेलले प्रति लिटर एक रुपैयाँ मुल्य घट्दा निगमलाई दैनिक ८० लाख रुपैयाँ घाटा हुने उल्लेख गर्दै विश्व बजार र इण्डियन आयल कर्पाेरेशनले मुल्य समायोजनका आधारमा निगमले निर्धारण गर्ने बताए ।

उनले भारतबाट आएको इन्धन कम मुल्यमै उतै तस्करी हुने गरेको भन्दै सिमा क्षेत्रका पम्पहरुलाई खरिद विक्रीको लगत राख्न निर्देशन दिइएको उल्लेख गरे ।

कार्यक्रममा पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका राष्ट्रिय अध्यक्ष लिलेन्द्र प्रधानले निगमको डिपोसँग खरिद गरेको परिमाण विक्री गर्ने समयमा नपुग्ने बताए ।

त्यस अवसरमा आयल निगमको गगनगौंडा डिपो भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख मनोज ठाकुर, गगनगौंडा डिपो प्रमुख पुस्कर कार्की, नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रमुख तिलक केसी, संस्थाका संस्थापक अध्यक्ष बिलबहादुर गुरुङ, गण्डकी ट्यांकर व्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुलीलगायलते बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८१
    पोखरा, २६ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    पोखरा, २५ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले,…
  • हेमजामा आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २४, २०८१
    पोखरा, २४ चैत ।आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका…
  • अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि…