पोखरा, ६ फागुन । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । संस्थाले प्रत्यक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । संस्थाको यो १८ औं रक्तदान कार्यक्रम हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सामुदायिक बगरले सामाजिक क्षेत्रमा अग्रपंक्तिमा खटिएर काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समितिका अध्यक्ष बोधराज कार्कीले समाजमा हुने विकृति विसंगति न्यूनिकरण गर्न कास्की जिल्लाका सामुदायिक क्रियाशिल भएर लागेको बताए ।
कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समितिका महासचिव तथा वगरका निवर्तमान अध्यक्ष मनपति भण्डारी, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष जीवन अधिकारी, सल्लाहकार विश्वमोहन गौचन, वडा नं. १ का वडा सदस्य रुद्रप्रसाद च्वाई, सामुदायिक सेवा केन्द्र एमव् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष विपिन अधिकारी, माटेपानीकी कार्यवाहक अध्यक्ष मिरादेवी आचार्य, सिम्पानी टोल विकास संस्थाकी अध्यक्ष राधा अधिकारी, नमूना आमा समूहकी अध्यक्ष राधा मानन्धरले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामभूषण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कल्पना बास्तोलाले स्वागत र सचिव शिवराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives