चिकित्सकको शुल्क बढ्यो

तीन सय ७० देखि आठ सय २५ सम्म लिन पाउँने

राष्ट्र न्यूज सम्वाददाता
फागुन ५, २०७७
photo rastra news

पोखरा, ५ फागुन । चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण र परामर्श गर्दा लिने शुल्क आजदेखि बढेको छ ।

चिकित्सकले आफ्नो योग्यता र अनुभवको आधारमा तीन सय ७० देखि आठ सय २५ रुपैयाँसम्म  पाउने भएका छन् ।

पाँच वर्षसम्म अनुभवी एमबिबिएस चिकित्सकका लागि तीन सय ७०, पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० र एमडी गरी १० वर्षसम्मका अनुभवी डाक्टरका लागि आठ सय २५ रुपैयाँ शुल्क तोकिएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष बसन्त चौधरीले बुधबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी चिकित्सकको शुल्क बढाएको जनाएका छन् ।

विज्ञप्तिमा चिकित्सक संघ र अफिनको संयुक्त बैंठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार मानेर शुल्क बढाइएको स्पष्ट पारिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives