सम्पादकीय

हामी आयौं

राष्ट्र न्यूज सम्वाददाता
फागुन ४, २०७७
photo rastra news

सान्दीपन मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल राष्ट्र न्यूज डट कम पोखराबाट सञ्चालन गरेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । प्रेस काउन्सिलमा सूचीकरण र सूचना विभागमा दर्ता गरी यस न्यूज पोर्टललाई अफिसियल रुपमा सञ्चालन गरेका हौं ।

मुख्यतः पोखरा, यस गण्डकी प्रदेश हुँदै देशभरका महत्वपूर्ण सूचना सामग्री हाम्रा प्राथमिकता हुन् । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता हाम्रा प्रतिबद्धता हुन् । समाजका विकृति, विसंगति, भ्रष्टाचार अन्त्यका लागि हामी निरन्तर खबरदारी गरिरहने छौं ।

यसले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन लगायत सबै क्षेत्रका मुद्दा उठाउनेछ । तथ्य आधारित रहेर सत्य एवं निर्भिक पत्रकारिता गर्ने छौं । पछिल्लो समय पत्रकारिता माध्यमबाट कसैलाई माथि उचाल्ने र कसैलाई पछार्ने विकृति बढिरहेका बेला समाजका गतिविधि जस्ताको तस्तै पस्कने छौं । यो नै हाम्रो पहिचान बन्नेछ ।

यतिबेला आमनागरिकको पहुँच सजिलैसँग सूचना तथा प्रविधिमा बढ्दै गइरहेका बेला सूचना प्रविधिको उच्चतम् प्रयोग अपरिहार्य जस्तै बनेको छ । बालबालिकादेखि लिएर ज्येष्ठ नागरिकसमेत सूचना प्रविधिको प्रयोगमा अभ्यस्त भइरहँदा यसकै माध्यमबाट जनतालाई आवश्यक सूचना सामग्री पस्कने छौं ।

पोखरामा रहेर करिब दुई दशकसम्म पत्रकारितालाई नै मुख्य पेशा बनाई अनुभवले खारिएको आफ्ना क्षमता भरपूर उपयोग हुनेछ । यस न्यूज पोर्टलले तपाईं हामीबीच अझै बढी अपनत्व महसुस गराउनेमा कुनै शंका छैन । हाम्रो अबको यात्रामा सम्पूर्णको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्दछौैं ।

प्रजातन्त्र पुनस्र्थापनापछि सञ्चार क्षेत्रको उल्लेख्य विकास भएको छ । सञ्चार क्षेत्रप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले जनताको भावना उच्च सम्मान गर्दै यात्रा तय गरेका छौं । आज सबै क्षेत्रमा अत्यन्त प्रतिस्पर्धा छ ।

डिजिटल प्रविधिले हरेक क्षेत्रमा माथ गरिरहेको यहाँलाई विदितै छ । यो प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन आफ्नो सेवा र उत्पादन लक्षित वर्गसम्म पु¥याउन पनि हामी सहयोगी बन्ने छौं । अबको समय डिजिटल मार्केटिङकै हो भन्नेमा दुविधा छैन ।

Related News

सम्बन्धित समाचार

  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    पोखरा, २५ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले,…
  • हेमजामा आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २४, २०८१
    पोखरा, २४ चैत ।आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका…