पोखरा, २१ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिवार कालोझण्डा देखाइएको छ ।
नेपाल विद्यार्थी संघका विद्यार्थीले उनलाई कालोझण्डा देखाएका हुन् । कास्कीको मादी गाउँपालिकाको पाँचौ गाउँसभामा सहभागी हुन त्यसतर्फ जादै गरेका मुख्यमन्त्रीलाई कसेरी भन्ने स्थानमा विद्यार्थीले नारावाजी सहित कालोझण्डा देखाएका थिए।
मादी गाउँपालिकाको नीति तथा बजेटमा एक्लौटी भएको भन्दै सभास्थल याङ्जाकोटमा समेत विरोध प्रदर्शन गरिएको थियो ।
प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरी बीच झडप समेत भएको थियो । झडपमा विद्यार्थी नेताहरु फिरोज सुबेदी ,राजीव भण्डारी , बिपिन नेपाली, सागर रानाभाट सहित केही प्रहरी पनि घाइते भएको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives