पोखरा, १८ असार । देवीलाल सापकोटा स्मृति समाजसेवी सम्मानबाट पोखरा–२५ हेमजाका समाजसेवी गंगाबहादुर कुँवरलाई सम्मान गरिएको छ ।
लायन्स क्लब अफ पोखरा लालिगुराँसले एक कार्यक्रमको आयोजना गरी सापकोटाका परिवारले स्थापना गरेको अक्षयकोषबाट उनलाई सम्मान गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष शोभाकर तिमिल्सिना, लायन्स क्लब ३२५ बी १ कलस्टर १० का कलस्टर प्रमुख पृथ्वीराज तिमिल्सिना, अक्षयकोषदाता हरिकला सापकोटा, लायन्स क्लब पोखरा लालिगुराँसका वर्ष २०१९÷२० का अध्यक्ष मिनराज तिमिल्सिनाले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए ।
त्यसैगरी कार्यक्रममा क्यान्सर पीडित पोखरा–२५ हेमजा निवासी लिला परियारलाई लायन्स क्लब अफ पोखरा लालिगुराँसबाट २८ हजार ५ सय ५५ रुपैया सहयोग गरिएको थियो । कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुराँसको वर्ष २०१९÷२० को पदस्थापना पनि गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै वर्ष २०१८÷१९ का सचिव कपिदेव शर्मालाई वर्ष २०१८÷१९ का अध्यक्ष धर्म भण्डारीले अवार्डबाट सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिमिल्सिनाले सामाजिक क्षेत्रमा काम गर्नका लागि लायन्स क्लबबाट सवैले पाठ सिक्नु पर्ने बताए ।
उनले क्लबले एक उत्कृष्ट समाजसेवीलाई सम्मान गरेको बताउँदै यसले अरुलाई पनि सामाजिक क्षेत्रमा क्रियाशील बन्न सहयोग बनाउने उल्लेख गरे ।
लायन्स क्लब ३२५ बी १ कलस्टर १० का कलस्टर प्रमुख पृथ्वीराज तिमिल्सिनाले सम्मान र सहयोगले क्लबको उचाइ बढेको बताए । सम्मानित व्यक्तित्व गंगाबहादुर कुँवरले सम्मानले आफुलाई अझ काम गर्ने उर्जा मिलेको बताए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुराँसका संस्थापक अध्यक्ष केशवशरण पौडेल, अक्षयकोषदाता तथा वर्ष २०१९÷२० का सचिव प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष बिनोदप्रसाद त्रिपाठी, लायन्स क्लब अफ पोखरा वर्किड्ड टुगेदरका अध्यक्ष शंकर आचार्य, लायन्स क्लब अफ पोखरा लालिगुराँसका द्धितीय उपाध्यक्ष कपिलदेव शर्माले बोलेका थिए ।
लायन्स क्लब अफ पोखरा लालिगुराँस वर्ष २०१९÷२० का अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष भरतराज पराजुलीले स्वागत र पूर्व अध्यक्ष अनन्त अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
सोंथर बेँसी मेलाको तयारी तिव्र
Archives
Archives