पोखरा, ११ मंसिर । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन मंशिर १४ गते शुक्रबार पोखरामा हुने भएको छ ।
‘नागरिकको स्वास्थ्यमा सहज पहुँच, मर्यादीत पेशामा सुरक्षित स्वास्थ्यकर्मी’ भन्ने मूल नाराका साथ हुन लागेको अधिवेशन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाहलमा हुने छ । अधिवेशनले २१ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्ने छ ।
अधिवेशनमा ११ जिल्लाका एक सय १० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षक सहभागि हुने छन् । अधिवेशनलाई लक्षित गरी मङ्गलबार तयारी बैठक सम्पन्न भएको छ ।
अधिवेशनको आवश्यक तयारी तिव्र पारिएको छ, संघका अध्यक्ष नारायण बरालले भने – ‘स्वास्थ्य क्षेत्रको सुदृढिकरण तथा पेशागत हक, हितका लागि अधिवेशनले महत्वपूर्ण निर्णय समेत गर्ने छ।’ उनले अधिवेशनलाई सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे ।
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन उद्घाटन गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives