पोखरा । आफ्नो वैवाहिक जीवनको ५९औँ वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै पोखरा–८, कास्की निवासी समाजसेवी एवं मानवताप्रेमी दम्पती हरि पाण्डे तथा तुलसा पाण्डेले मानवसेवा आश्रमद्वारा आयोजित “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” मा रु। ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
मानवसेवा आश्रम, पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको महान् उद्देश्यसहित सञ्चालन भइरहेको महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षिक भोजनसेवा ग्रहण गर्दै १८ दिनको वार्षिक भोजन सेवा सदस्यता ग्रहण गर्दै रु। १८ लाख ८८ हजार ८ सय ८६ सहयोग गरेका हुन् । त्यस्तै मुक्तिनाथ सेवा धर्मशाला निर्माणअन्तर्गत ५ कोठा निर्माणका लागि ३५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ अर्पण गरेको यज्ञ मूल आयोजक समितिले जनाएको छ ।
वैवाहिक वर्षगाँठजस्तो विशेष अवसरलाई व्यक्तिगत उत्सवमा सीमित नराखी मानवताको सेवामा समर्पित गर्दै गरिएको उक्त सहयोगलाई महायज्ञकै प्रेरणादायी योगदानका रूपमा हेरिएको छ । पाण्डे दम्पतीको उदार सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास तथा दिगो मानवीय सेवामा महत्त्वपूर्ण टेवा पुगेको छ ।
यसअघि पनि मिति २०७९ साल माघ २० गतेदेखि २७ गतेसम्म सम्पन्न श्रीमद् भागवत ज्ञान–विज्ञान महायज्ञमार्फत भवन निर्माण सम्पन्नताका लागि ५ कोठा निर्माणार्थ पाण्डे दम्पतीले ३० लाख ६६ हजार ६ सय ६६ सहयोग प्रदान गर्नुभएको थियो ।
निरन्तर मानवसेवा, धर्म, करुणा र परोपकारमा समर्पित पाण्डे दम्पतीको योगदान समाजका लागि प्रेरणाको स्रोत बन्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । आश्रम परिवारले अतुलनीय तथा प्रेरणादायी सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
‘दोस्रो हेमजा मौरी महोत्सव’ जेठ ७ देखि फुर्केटारी चोकमा, कृषकलाई मौरी व्यवसायमा आकर्षित गर्दै
लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
पोखराको महायज्ञमा भजन प्रतियोगिता सुरु, ३५ समूहको सहभागिता
पोखरामा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ सुरु
हेमजाको मानव सेवा आश्रममा भोलिदेखि महायज्ञ हुँदै