पोखरा । मौरी संरक्षण तथा सचेतना अभियान कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा दोस्रो मौरी महोत्सव हुने भएको छ । महोत्सव जेठ ७ गते देखि १७ गते सम्म हेमजाको फुर्केटारी चोकमा हुने छ ।
मौरी व्यवसायमा कृषकलाई आकर्षित गर्दै मौरीपालन प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि साथै बजारीकरण प्रवर्द्धन गरी कृषकको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवलाई सफल बनाउनका लागि हेमजामा एक भेलाको आयोजना गरी विभिन्न उपसमिति गठन गरिएको छ ।
भेलाले मौरी संरक्षण तथा सचेतना अभियान कास्कीका उपाध्यक्ष महादेव अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरेको छ ।
भेलाले ती उपसमितिहरू मध्ये सचिवालय तथा कार्यक्रम सञ्चालन संयोजक कपिलराज दाहाल, अर्थ सङ्कलन संयोजक मञ्जुल सुबेदी, स्वागत तथा सत्कार संयोजक धनकुमारी सुवेदी, प्रचारप्रसार संयोजक नीराजन अधिकारी, महिला समूह व्यवस्थापन संयोजक अप्सरा तिमिल्सिना, महोत्सव व्यवस्थापन उपसमिति संयोजक दीपक थापा, सरसफाइ व्यवस्थापन संयोजक मेनुका भण्डारी, सांस्कृतिक तथा कलाकृति व्यवस्थापन संयोजक परशुराम अधिकारी, युवा व्यवस्थापन संयोजक राजु कुँवर, शान्ति तथा सुरक्षा व्यवस्थापन सामुदायिक सेवा केन्द्र, हेमजा तथा ¥याली व्यवस्थापन समिति संयोजक लक्ष्मी अधिकारीलाई तोकेको छ ।
अघिल्लो वर्ष गरेको महोत्सवले मौरी व्यवसायमा कृषक प्रतिको आकर्षण बढ्दै गएकोले यस पटक ११ दिनको महोत्सव गर्न लागेको मौरी संरक्षण तथा सचेतना अभियान कास्कीका अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए ।
‘हेमजामा एक घर एक मौरी घार अभियानलाई पूर्णता दिन पनि यो महोत्सव कोषेढुड्डा साबित हुनेछ’ सुवेदीले भने, ‘महोत्सवलाई सफल बनाउन स्थानीय सरोकारवाला निकाय, कृषक तथा सम्बन्धित पक्षहरूको सक्रिय सहभागिता आवश्यक छ।’ हेमजालाई मौरीपालनको नमुना क्षेत्रका रूपमा विकास गर्ने अपेक्षा महोत्सव बाट लिइएको सुवेदीले जानकारी दिए ।
भेलामा बोल्दै पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. २५ हेमजाकी कार्यवाहक अध्यक्ष धनकुमारी पोखरेल तिम्सिनाले मौरी महोत्सवले कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्दे बताउँदै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
‘५० प्रतिशत अनुदानमा हेमजामा एक घर एक मौरी घार वितरण अभियान प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ’ उनले भनिन्, ‘सबै घरमा एक मौरी घार अभियान सफल बनाउन पनि यस्ता कार्यक्रमहरूमा वडाले निरन्तर सहयोग र सहकार्य गर्दै आएको छ ।’
मौरी संरक्षण तथा सचेतना अभियान कास्कीका अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्ष भएको उक्त भेलामा उपाध्यक्ष महादेव अधिकारीले स्वागत र सचिव कपिलराज दाहालले कार्यक्रम सञ्चालन गरेका थिए । भेलामा वडा नं. २५ का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, युवा क्लब, सामाजिक व्यक्तित्व, विद्यालय प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
पोखराको महायज्ञमा भजन प्रतियोगिता सुरु, ३५ समूहको सहभागिता
पोखरामा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ सुरु
हेमजाको मानव सेवा आश्रममा भोलिदेखि महायज्ञ हुँदै
हेमजा युनाइटेडको आठौँ साधारण सभा भित्ते–पात्रो विमोचनसँगै खेलाडी सम्मान