राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै समाजसँग जोडिएर काम गर्छु: मनोज गुरुङ

राष्ट्र न्यूज सम्वाददाता
फागुन ११, २०८२
manoj-gurung-pkr-5.jpg

पोखरा । कास्की क्षेत्र नं ३ का काँग्रेस उम्मेदवार मनोज गुरुङले जनताको विश्वास जित्ने लक्ष्यका आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्। निर्वाचन प्रचारअन्तर्गत सोमबार पोखरा-५ का मतदाता भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्।

साथै उनले मतदाताको समर्थनसहित विजयी बन्ने आकाङ्क्षा व्यक्त गर्दै समुन्नत र सुशासनयुक्त नेपाल निर्माणमा आफू र काँग्रेस पार्टी लाग्ने स्पष्ट पारे। उनले मतदाताको आवाज सुन्ने, साथ दिने प्रतिबद्धता व्यक्त गर्ने र समस्या समाधानका लागि व्यवहारिक सुझाव सङ्कलन पनि गरिरहेका छन् ।

गुरुङले राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै समाजसँग जोडिएर काम गर्ने स्पष्ट पारे। उनले कास्की-३ को समग्र विकासलाई केन्द्रीय एजेन्डा बनाउने सङ्कल्प पनि गरे। पूर्वाधार विकासमा सडक सञ्जाल विस्तार, खानेपानी तथा सिँचाइ व्यवस्थामा सुधार गर्ने उनको प्रतिबद्धता छ ।

यस्तै शिक्षा र स्वास्थ्यमा विद्यालय र स्वास्थ्य संस्थाको गुणस्तर अभिवृद्धि गर्नुका साथै रोजगारी सिर्जनामा  स्थानीय उत्पादन र साना उद्योग प्रवर्द्धनमार्फत रोजगार अवसर विस्तार गर्ने गुरुङको लक्ष्य छ। सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र प्रविधिसँग युवालाई जोड्न पहल गर्ने उनको अठोट छ।

समानुपातिकतर्फका उम्मेदवार आइबहादुर गुरुङले वर्तमान काँग्रेसलाई समयअनुसार थप जनमुखी बनाउँदै युवाको सहभागिता बढाउने, स्थानीय तहसँग समन्वय सुदृढ गर्ने र नीतिगत स्पष्टता ल्याउने आवश्यकता रहेको बताए ।

उनले आसन्न निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिइएको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवा सुधारलाई प्राथमिक एजेन्डा बनाएको स्पष्ट पारे।

काँग्रेस नेता रामजीप्रसाद कोइरालाले पार्टीभित्रको आन्तरिक एकता बलियो बनाउँदै तल्लो तहसम्म सङ्गठन विस्तार गर्न सके मात्र आगामी निर्वाचनमा जनविश्वास जित्न सकिने बताए । 

नेता पुरुषोत्तम प्रसाद पराजुलीले काँग्रेसको ऐतिहासिक योगदान स्मरण गराउँदै लोकतन्त्र, मानवअधिकार र समावेशिताका पक्षमा पार्टी सधैँ अग्र पङ्क्तिमा उभिएको दाबी गरे ।

उनले जनताका दैनन्दिन समस्यामा केन्द्रित कार्यक्रम ल्याएर विश्वास पुनः स्थापित गर्नुपर्नेमा जोड दिए। पराजुलीले जिम्मेवार राजनीति, पारदर्शिता र जबाफदेहितामार्फत काँग्रेसलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग