पोखरा। प्रतिनिधिसभा निर्वाचन कास्की क्षेत्र नं ३ का काँग्रेस उम्मेदवार मनोज गुरुङले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या न्यायोचित र दिगो रूपमा समाधान गर्न नयाँ नीति ल्याउने बताएका छन्।
पोखरा-५ मा आयोजित कोणसभामा गुरुङले आफ्नो चुनावी कार्यक्रम र योजना प्रस्तुत गर्दै अव्यवस्थित बसोबासलाई ध्यानमा राख्दै ठोस योजना ल्याउने बताएका हुन्।
उनले अव्यवस्थित बसोबासले सहरको सौन्दर्य र व्यवस्थापनमा समस्या सिर्जना गरेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्ने योजना अघि सार्नुपर्नेमा जोड दिए।
गुरुङले जनताको समस्या बुझेर मात्रै प्रभावकारी नीति निर्माण गर्न सकिने भन्दै सहरमा सडक, ढल, पानी आपूर्ति, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउने योजना रहेको बताए।
गुरुङले यी योजनाहरूले नगरपालिकामा रहेका कमजोर पक्षलाई बलियो बनाउने र नागरिकको जीवनस्तर उकास्ने लक्ष्य राखेको बताए।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले बद्लिएको काँग्रेसले देश पनि बदल्ने दाबी गरे। उनले नेपाली काँग्रेस अहिले सङ्गठन सुदृढीकरण, कार्यकर्ताको मनोबल उच्च बनाउने र जनताको भरोसा फिर्ता ल्याउने अभियानमा सक्रिय रहेको बताए ।
सभापति बरालले भने, “काँग्रेस सत्ताका लागि मात्रै होइन, लोकतान्त्रिक प्रणालीको रक्षा र संस्थागत विकासका लागि निरन्तर लड्दै आएको पार्टी हो।” पार्टीभित्र देखिने बहस र मतभेदलाई स्वाभाविक प्रक्रियाका रूपमा लिँदै उनले एकताबद्ध भएर चुनावमा होमिएको बताए ।
पार्टीका वडा कार्यसमिति सभापति प्रकाश कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य विजयलक्ष्मी कोइराला, नेता पुरुषोत्तम प्रसाद पराजुली र प्रयास कोइरालाले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
लेखनाथ रङ्गशाला निर्माण पूरा गर्ने आफ्नो प्रमुख एजेन्डा–तिलक रानाभाट
पोखरा २७ का स्थानीय, तिलक रानाभाटको विकल्प छैन
‘निर्वाचित भएको पहिलो दिनबाट प्रतिबद्धता कार्यान्वयनको काम थाल्छु’–उम्मेदवार रश्मि आचार्य
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गरी २० लाखपर्यटक भित्र्याउने मनोज गुरुङको प्रतिबद्धता
रास्वपा कास्की–२ को बिभिन्न स्थानमा सम्पर्क कार्यलय स्थापना