नेपाली काँग्रेसको हेमजामा दुई सम्पर्क कार्यालय स्थापना 

राष्ट्र न्यूज सम्वाददाता
माघ २४, २०८२
1368a792-f72d-489a-8cc5-1dba68eaeaf2

पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना सँगै घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्र पारेको छ ।

यसैबिच शुक्रवार कास्की क्षेत्र नं. ३ को पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको मिलन चोक र सुइखेतमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

सम्पर्क कार्यालयको क्षेत्र नं. ३ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङ र समानुपातिक उम्मेदवार आई बहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङले यस क्षेत्रको बृहत्तर विकास र  जनताका आवाजलाई संसदमा लैजान रुख चिन्हमा मतदान गर्न आग्रह गरे। ‘काँग्रेस अब अलमलिने बेला छैन, हिजो गरेका काम र अब गर्ने कामका बारेमा जनतामाझ जानुपर्दछ’ उनले भने, ‘हरेक सुख दुःखमा काँग्रेस सँगै छ भन्ने आभास जनतालाई दिनुपर्ने छ।’ 

उनले हेमजाको विकास निर्माणमा बजेट ल्याउनका लागि आफूले पनि पहल गरेको जानकारी दिँदै अबका दिनमा पनि यहाँको आवश्यकता अनुसारको विकास निर्माणमा आफूले पहलकदमी चाल्ने विश्वास दिलाए ।

समानुपातिक उम्मेदवार आई बहादुर गुरुङले पार्टी बदलिएसँगै देश बदल्ने अठोट लिएर काँग्रेस आएको बताउँदै अबको परिवर्तनका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे । ‘विगतका कमीकमजोरी समीक्षा गर्दै पार्टीसँगै देश बदल्ने जोसका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको छ’ उनले भने, ‘काँग्रेसले लिएको लक्ष्य प्राप्ति र सुशासन कायम गर्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्नुहोस् ।’

निर्वाचन परिचाल समितिका संयोजक तथा नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवरले नयाँ सोच नयाँ चिन्तनका साथ काँग्रेस अगाडि बढेको बताउँदै देश बदल्ने जिम्मा पनि काँग्रेसले नै लिने बताए । 

नेपाली काँग्रेसका नेता महासमिति सदस्य रामचन्द्र त्रिपाठीले परिवर्तनलाई आत्मासाथ गर्ने पार्टी काँग्रेस भएको बताए । दलित परिचालन समितिका संयोजक मन बहादुर विकले सबैले तन मनका साथ रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रह गर्नुपर्ने बताए ।

निर्वाचन परिचालन समितिका सहसंयोजक खिमलाल बास्तोलाका अनुसार आन्तरिक घरदैलो र चुनाव प्रचार प्रसार सँगै सम्पर्क कार्यालय स्थापना गर्ने कामलाई तीव्रता दिएको बताए । नेपाली काँग्रेस पोखरा–२५ हेमजा वडा समितिका सभापति मधुसूदन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव सन्तमान श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै