पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा न्यु डायमन्डले थाइल्यान्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमन्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो। न्यु डायमन्ड अपराजित रहँदै फाइनलमा पुगेको हो ।
थाइल्यान्ड पराजित भएसँगै ४ खेलबाट ७ अङ्क जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्यान्डले ४ खेलबाट ६ अङ्क प्राप्त ग¥यो । अब महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड र नेपाल पुलिस क्लब भिड्नेछन् । तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबिच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानका लागि भोलि र फाइनल खेल पर्सि हुनेछ ।
अब पुरुषतर्फ पनि दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल पुलिस र एपीएफबिच हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल सङ्घ भिड्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिङ्गल राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
Related News
सम्बन्धित समाचार
नेका कास्की क्षेत्र नं. १ को खुँदी र मोहरियामा सम्पर्क कार्यालय स्थापना
विष्णुपादुका माविको ५७ औँ अभिभाव दिवस तथा पुरस्कार वितरण कार्यक्रम
प्रथम विष्णु पादुका आमन्त्रित महिला फुटबल प्रतियोगिता सुरु
हेमजामा तेस्रो माघे सक्रान्ति मेला सुरु
एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसमा विविध सम्मान