पोखरा । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा पाँचौ चुनावी सभाले कुल प्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा वेदराज त्रिपाठी, सचिवमा कृष्ण प्रसाद पौडेल, कोषध्यक्षमा मनिषा पोख्रेल सापकोटा, सदस्यहरुमा निर्मल प्रसाद बाँस्तोला, बविता बाँस्तोला, गौमाया छन्त्याल, खिमलाल त्रिपाठी र उमानाथ त्रिपार्ठी निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षक समितिको संयोजकमा दिपेन्द्र बाँस्तोला तथा सदस्यहरुमा प्रकाश त्रिपाठी ‘व्यथित’ र ओमकुमारी आचार्य रहेका छन् ।
निर्वाचन उपसमितिका निर्वाचन अधिकृत होतराज त्रिपाठी तथा सदस्यहरु प्रकाशचन्द्र सापकोटा र शंकर सापकोटाको उपसमितिले नयाँ सञ्चलक समिति निर्विरोध निर्वाचित गराएको थियो।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता हरि पौडेल र शोभा सुनारलाई सम्मान गरिनुको साथै सल्लाहकार तथा सञ्चालक समितिलाई प्रशंशा पत्र प्रदान गरिएको थिए ।
यसअधि कार्यक्रममा बोल्दै गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवशरण पौडेल र हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठीले सहकारीलाई मजवुद बनाउँका लागि शेयर सदस्यहरुको भूमिका ठूलो रहने भएकोले आफ्ना संस्थाका वारेमा जिज्ञासु हुनु पर्ने बताए ।
उक्त कार्यक्रममा संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, लेखा सुपरिवेक्षक संयोजक प्रकाश चन्द्र त्रिपाठी, ऋण उपसमिति संयोजक कुल प्रसाद त्रिपाठीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर पुजी २ करोड ९९ लाख २९ हजार ९ सय, निक्षेप संकलन ३ करोड ७० लाख ५२ हजार ४ सय ५६, ऋण लगानी ६ करोड ७१ लाख ७७ हजार ४ सय ८५ रहेको छ ।
दियालो कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुल प्रसाद त्रिपाठीले स्वागत सदस्य मनिषा पोख्रेल सापकोटाले सहकारीका सात सिद्धान्त र सचिव वेदराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धार दुःख व्यक्त
कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना
लेखनाथ महोत्सव सफलता उन्मुख
लेकसाईड न्यू ईयर ईभमा भाइरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने
१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो