एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धार दुःख व्यक्त

राष्ट्र न्यूज सम्वाददाता
पौष २२, २०८२
6f2bc040-1716-4670-aaba-5cdd93f1dcdf

पोखरा । नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष शिक्षा सेवी रामप्रसाद शर्माको मङ्गलवार निधन भएको छ ।

२००२ साल चैत २२ गते जन्मिएका शर्माको मङ्गलवार नै अत्यष्ठि गरिएको छ । शर्माको श्रीमती, २ छोरा र ३  छोरी छन् । २०६१ साल देखि २०७० साल सम्म नेसनल प्याब्सन कास्कीको अध्यक्ष पदमा रहेर काम गरेका शर्माको निधन प्रति संस्थाले दुःख व्यक्त गरेको छ ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी र सचिव प्रेमराज अधिकारीले मङ्गलवार नै एक शोक विज्ञप्ति जारी गरी शर्माको निधनले संस्थालाई अपूरणीय क्षति पु¥याएको जनाएको छ।

‘उहाँको निधनले नेसनल प्याब्सन कास्कीलाई मात्र नभइ समग्र देसलाई नै अपूरणीय क्षति पुगेको र एक होनहार शैक्षिक अभिभावक गुमाएको महसुस भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद क्षणमा ब्रम्ह्लिन आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण सहित बैकुण्ठबासको प्रार्थना गर्दछौँ ।’

साथै विज्ञप्तिमा शोक सन्तब्ध परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गर्नुहुनेछ भन्दै सम्पूर्ण परिवारजन, आफन्तहरूमा गहिरो समवेदना प्रकट गरिएको छ ।

स्व.शर्माले संस्थाको स्थापना, गतिशीलता, समग्र शैक्षिक उन्नयन तथा वृत्ति विकासमा पु¥याएको योगदान, दूरदर्शिता र समर्पण चिरकालसम्म सधैँ स्मरणीय रहने विज्ञप्तिमा जनाइएको छ ।

स्वं शर्माको सम्झनामा संस्थामा आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूमा बुधवार शोक सभा गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । साथै पाँचौँ दिनको पुन्यतिथीमा २६ गते स्वं शर्माको निवासमा उपस्थित भई संस्थाले शोक सभा गर्ने भएको छ ।

Related News

सम्बन्धित समाचार