माया प्रेममा आधारित ‘धिताल जयकोट’ गीत सार्वजनिक

राष्ट्र न्यूज सम्वाददाता
पौष १, २०८२
dhital jayakota

पोखरा । माया प्रेममा आधारित लोकगीत ‘धिताल जयकोट’ सार्वजनिक गरिएको छ । परिकल्पनाकार बलराम अधिकारी ‘बलु’ को चौथो प्रस्तुति रहेको उक्त गीतमा स्वर ईश्वर सिंह, र समीक्षा अधिकारी, शब्द रमेश बिजी, सङ्गीत ईश्वर सिंहको रहेको छ ।

डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रा.लीबाट रेकडिड्ड गरेको उक्त गीतको एरेन्ज तारा नाथ आचार्य, मिक्सिड्ड खड्क पराजुली स्टुडियो मालश्री, अभिनय तुलसा क्षेत्री र अनुभव पौडेल, छायाङ्कन÷ड्रोन अनिल कार्की, प्रकाश सन्दीप गुरुङ र अमृत देवकोटा, मेकअप विनीता गुरुङ, कोरियो ग्राफ राजु गुरुङ, नृत्य पोखरा कला केन्द्र, सम्पादन तारानाथ आचार्य, रङ्ग संयोजन सुवास अम्गाईको रहेको छ 

कास्कीको पर्यटकीय गाउँ धितालको पञ्चेबाजा पार्क र जयकोट भूमे मन्दिरमा छायाड्ढन गरिएको उक्त गीतमा माया प्रतीकै विषयमा जोडिएका शब्दहरू भेट्न सकिन्छ ।  यो गीतको म्युजिक भिडियो तुलसा क्षेत्री अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

परिकल्पनाकार बलराम अधिकारी ‘बलु’ ले यस अघि कति राम्रो धिताल गाउँ, न्यु अधिकारी भजन, मन मुटु साटम लगायतका एल्बम निकालिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग