ज्ञानज्योति विद्याकुञ्जमा बधाई तथा सम्मान कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २९, २०८२
gyanjoty

पोखरा। कास्कीको पोखरामा महानगर पालिका वडा नं. ३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज माविमा बधाई कार्यक्रम आयोजना गरिएको छ ।

नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता – २०८२ मा विभिन्न विधामा उपाधि चुमेका विद्यार्थीहरूलाई विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

विद्यालयले सामूहिक लोकनृत्य प्रतियोगिता तर्फ प्रथम, क्रिकेट तर्फ तृतीय,  हस्तकला प्रतियोगिता (पातबाट बनेका सामग्री) तर्फ युगमाया विश्वकर्मा र सोफिया पुन प्रथम, हस्तकला प्रतियोगिता (चोयाबाट बनेका सामग्री) तर्फ समीर नेपाली र असीम नेपाली सान्त्वना र एकल अभिनय प्रतियोगिता तर्फ जेसिका गुरुङ सान्त्वना भएका थिए ।

विजयी विद्यार्थीहरुलाइ विद्यालयका  संस्थापक प्रिन्सिपल अर्जुन प्रसाद अधिकारी, एकडेमिक डिन टङ्कराज सुवेदी, संस्थापक मित्रबन्धु सुवेदीले खादा अविर लगाई बधाई तथा सम्मान गरेका थिए । त्यस अवसरमा  सम्बन्धी विधाका शिक्षक र कोच लाई सम्मान गरिएको 

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार प्राप्त गरी विद्यालयको गरिमा बढाउन सफल भन्दै विद्यार्थीहरूलाई बधाई सहित सम्मान गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन प्रसाद अधिकारीले जानकारी दिए । ‘विद्यार्थीका विभिन्न खालका प्रतिभा पहिचान गर्नका लागि गरेको लगानी सफल भएको महसुस गरेका छौ’ संस्थापक प्रिन्सिपल अधिकारीले भने, ‘आगामी दिनमा पनि अझै विद्यार्थीका प्रतिभालाई निखरता ल्याउँदै अगाडि बढ्ने छौँ । 

यो ऐतिहासिक सफलतामा उल्लेख भूमिका निभाउनु हुने सम्बन्धी विधाका शिक्षक कर्मचारी, कोच नृत्य निर्देशक, एव अभिभावकहरू प्रति विद्यालयले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेको छ ।

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आबद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरू, र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको थियो। 

खेलकुद प्रतियोगितामा तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीको क्रिकेट र  कक्षा ११, १२ को फुटसल प्रतियोगिता भएको थियो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग