एन प्याब्सन कास्कीको क्रिकेट प्रतियोगिताको उपाधि कास्कीलाई, बुधवार देखि वाल प्रतिभा पहिचान कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २४, २०८२
7f43b909-651f-4537-864c-bea098221998

पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिताको उपाधि कास्की मोडर्नाइज्ड एकेडेमीले हाता पारेको छ । 

मङ्गलवार भएको फाइनल खेलमा त्रिवेणी पब्लिक माविलाई १९ रनले पराजित गर्दै कास्कीले उपाधि चुमेको हो । गत वर्षबाट एन प्याब्सन कास्कीले क्रिकेट प्रतियोगिता सुरु गरेको थियो। जसमा गत वर्ष पनि कास्की र त्रिवेणी फाइनलमा पुग्दा कास्की विजेता बनेको थियो ।

टस जितेर फिल्डिङ रोजेको त्रिबेणीले कास्कीलाई ब्याटिङको निम्ता दिएको थियो । ब्याटिङमा उत्रिएको कास्कीले १० ओभरमा ७ विकेटको क्षतिमा ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको त्रिवेणीले १० ओभरमा ९ विकेटको क्षतिमा ४६ रन बनाएको थियो । उक्त प्रतियोगिता ज्ञानज्योति विद्याकुञ्ज मा.वि. नेसनल व्रिmयसन एकेडेमी तृतीय भए । प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको थिए ।
 
यस वर्ष एन प्याब्सन कास्कीले  दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ आयोजना गरेको छ । बाल प्रतिभा पहिचान मङ्सिर बुधवार देखि पोखरा प्रदर्शनी केन्द्र सुरु हुने छ ।

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आबद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।  प्रतियोगितामा एन प्याब्सनमा आबद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।

महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए ।  

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरू, र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।   

अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग