गौरी शंकर बचत तथा ऋण सहकारीको २० औ वार्षिक साधारण सभा

मंसीर २२ गते इकाई प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा हुने

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २०, २०८२
77fe9abc-9a84-4555-b3f7-a892c726b3d6

पोखरा । गौरी शंकर बचत तथा ऋण सहकारी संस्था लि. को २० औ वार्षिक साधारण सभा शुक्रवार देखि सुरु भएको छ ।

संस्थामा शेयर सदस्य संख्या ठुलो भएकाले सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी गरिएको साधारण सभा सञ्चालन जारी निर्देशन बमोजिम विभिन्न स्थानमा इकाई सभाहरू सम्पन्न गरी अन्तिममा  प्रतिनिधि सदस्यहरू मार्फत सभाको निर्णय प्रमाणीकरण गर्ने गरी वार्षिक साधारण सभा शुभारम्भ गरिएको हो ।

यसै अन्तर्गत शुक्रवार पोखरा–२५ हेमजाको साबिक वडा नं. ६,७, ८ र अन्नपूर्ण गाउँ पालिकाका शेयर सदस्यहरूको सहभागितामा साधारण सभा आयोजना गरिएको हो । शुक्रवार नै पोखरा वडा नं. २५ बाहेकका अन्य सबै वडाको पनि साधारण सभा सम्पन्न गरिएको छ ।

त्यसै गरी शनिवार पोखरा–२५ हेमजा साबिक वडा नं. ९ र माछापुच्छ«े गाउँपालिका, पोखरा–२५ हेमजाका साविका वडा १,२,३,४ र ५ को साधारण सभा हुने भएको छ । ती साधारण सभाबाट इकाई प्रतिनिधि चयन गरी २२ गते सोमबार इकाई प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा हुने संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलले जानकारी दिए ।

‘संस्थाको सदस्य संख्या ठुलो भएको कारण सहजका लागि हामीले इकाई सभा आयोजना गरेका हौँ’ अध्यक्ष पौडेलले भने,  ‘प्रत्येक इकाई सभामा प्रतिवेदन उपर छलफल गरी इकाई सभाबाट आएका सुझावलाई प्रमाणित सभामा अनुमोदन गरिने छ।’

यस पटक संस्थाको नयाँ सञ्चालक समिति पनि चयन गर्ने कार्यक्रम रहेकोले नयाँ सञ्चालक समितिको नाम सर्वसम्मत टुंगो लागेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता माधवराज बास्तोलाले जानकारी दिए ।

संस्थाको वार्षिक साधारण सभाको संस्थापक अध्यक्ष डबल बहादुर कुँवर, कास्की जिल्ला बचत संघका कोषाध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष केशव शरण पौडेल र संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष पौडेल, सचिव घनश्याम तिम्सिना, कोषाध्यक्ष विष्णु प्रसाद पौडेल, लेखा सुपरिवेक्षण समिति संयोजक टिकाराम बास्तोलाले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत डम्बरसिंह बस्नेत  शेयर सदस्यका काम कर्तव्य र अधिकार, सहकारीको वित्तीय विवरण, नियमनकारी निकायको निर्देशनका बारेमा जानकारी गराएका थिए ।

कास्की जिल्लामा अब्बल साबित वनेको यस संस्थाको शेयर पुँजी १४ करोड ४१ लाख ६४ हजार ८ सय, बचत तथा निक्षेप संकलन १ अर्ब १५ करोड २१ लाख ९७ हजार ८ सय ७६ रुपैयाँ, ऋण लगानी ९४ करोड ९६ लाख ५७ हजार २ सय ८०, साधारण जगेडा कोष ८ करोड ९२ लाख ९५ हजार ४ सय ६६ रहेको छ ।

त्यसै गरी ऋण नोक्सानी व्यवस्था ७ करोड ३६ लाख ८३ हजार ३ सय ७८, नगद तथा बैक हिसाब ५२ करोड ३७ लाख १९ हजार ९ सय ५८, सञ्चालन बचत÷नाफा १ करोड ३१ लाख ६७ हजार ८ सय ९८ र कुल सम्पत्ति÷दायित्व १ अर्ब ५३ करोड ९ लाख ३ हजार ९ सय १३ रुपैयाँ रहेको छ । साथको सदस्य संख्या ७ हजार ३ सय ४३ रहेको छ ।

गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्गबहादुर कार्की सचिव घनश्याम तिम्सिना, शेयर सदस्य भीम प्रसाद श्रेष्ठले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार