पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय बुधबार पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्या क्याम्पसमा अभियान संचालन गरिएको छ ।
२४ वटा विद्यालय तथा कलेजसम्म संचालन गर्ने गरी अभियानलाई तिव्र पारिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । १६ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको सभापति सिग्देलको भनाइ छ । कार्यक्रममा बोल्दै कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धरले क्याम्पसमा अभियान ल्याइएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पाचौं खुल्ला पोथाना कप सेभन ए साइड फुटबल प्रतियोगिता मंसिरको १७ देखि
कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट
कास्की मोर्डनाइज्ड महोत्सव, अभिभावक क्रेता विद्यार्थी विक्रेता
कास्की मोर्डनाइज्ड महोत्सव–२०८२ सुरु
एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता मंसिर तेस्रो सातामा