तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव सुरु                             

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ७, २०८२
p5

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरूको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो संस्कृति हाम्रो पहिचान लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रवारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् । टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा सुरु महोत्सव १५ भदौसम्म सञ्चालन हुने छ ।

तीज मौलिक पर्व रहेकाले यसलाई मौलिक पर्वको रूपमा मनाउन आग्रह गदै प्रचण्डले तीज नेपाली महिलाहरूको सम्मानको पर्व रहेको बताएका थिए । पोखराको पुरानो टुँडिखेल समेत आफैमा ऐतिहासिक स्थान रहेको र यो पोखराको लागि गर्व गर्ने स्थान मध्येको एक रहेको बताएका थिए । 

फरक प्रंसगमा प्रचण्डले सबै खालका सामाजिक विभेदहरूको अन्त्य गरेर सामाजिक न्यायको एउटा नयाँ अभियानमा आफूहरू रहेको बताएका थिए । उनले भने–‘हामी भएका सबै खालका कुशासनको अन्त्य गरेर सुशासन कायम गर्ने एउटा नयाँ अभियानमा पनि छौ । हामी सबै खालका आर्थिक पछ्यौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडी बढेको पनि छौ ।’ 

अर्को प्रंसगमा प्रचण्डले भने हामी सबैलाई थाहा छ, फेरि पनि अझै पनि धेरै थुपै समस्या, चुनौती सँग हामीले जुध्न परेको छ । मलाई लाग्छ यस्ता कार्यक्रमहरूले हामी सबैमा नकारात्मक भाव हैन सकारात्मक भाव पैदा गर्न, विभाजन र भू केन्द्रित मनोविज्ञान हैन एकीकृत र केन्द्रीकृत मनोविज्ञान पैदा गर्ने प्रचण्डको भनाई थियो ।

नेपाल आफैमा विविधतामा एकताको सुन्दर फूलबारी हो भन्ने हामी सबैले महसुस गरेका छौ। कास्की जिल्ला आफैमा एउटा सुन्दर जिल्लाको रूपमा, पोखरा महानगर आफैमा विश्वभर प्रसिद्ध पर्यटकीय गन्तव्यको रूपमा परिचित रहेकाले यसलाई अझै सपार्ने दायित्व हामी सबैको काधमा रहेकाले प्रकृतिले बनाएको यो सुन्दर नगर र जिल्लालाई मानवीय श्रमदारा अझ सुन्दर र विकसित बनाउन सबै एकजुट हुन आवश्यक रहेको प्रचण्डको सुझाव थियो । 

उनले इन्द्रेणीले गरेको विभिन्न सामाजिक कामको प्रशंसा गदै अब गर्ने कामहरूमा आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताएका थिए । कार्यक्रममा दुई जनालाई सम्मान गरिएको थियो । स्रष्टा सम्मानतर्फ गोविन्द कोइराला र शिक्षा क्षेत्रका उल्लेख्य योगदान दिए बापत स्वर्गीय सिद्धी गौचनलाई सम्मान गरिएको थियो ।                                                                                                                                                                          

महोत्सव उद्घाटन पूर्व पुरानो टुँडिखेलबाट विभिन्न सङ्घ संस्था, आमा समूह, विद्यालय, जातजाति लगायतको सहभागितामा झाकी सहितको र्‍याली निकालिने थियो । टुँडिखेलबाट सुरु र्‍याली वडाका विभिन्न स्थानको परिक्रमा पछि पुनः महोत्सव स्थल टुँडिखेलमा आएर उद्घाटन सत्रमा परिणत भएको थियो । 

१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तीय संस्था, लत्ता कपडा सँगै अन्य विभिन्न गरी एक सय ५० व्यापारिकस्टलहरु, १२ रेस्टुरेन्टका स्टल, वाल उद्यान रहेका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । यसै गरी महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहनेछ । महोत्सवमा खुल्ला मौलिक तीज गीत प्रतियोगिता (आमा समूहगत), खुल्ला तिज गीत गृहिणी एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिकी जाँतो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत आयोजना गरिने उनले जानकारी दिए ।

जस अन्तर्गत तिज गीत प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ५ सय ५५, द्वितीयले २० हजार ५ सय ५५, तृतीयले १० हजार ५ सय ५५, सान्त्वनाले ५ हजार ५ सय ५५, उत्कृष्ट भेसभुसा र नृत्यले तीन हजार ५ सय ५५, एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले १२ हजार ५ सय ५५, द्वितीयले ७ हजार ५ सय ५५, तृतीयले पाँच ५ सय ५५, सान्त्वनाले तीन हजार ५ सय ५५, छेलोतर्फ प्रथमले १२ हजार ५ सय ५५, द्वितीयले सात हजार ५ सय ५५, तृतीयले ५ हजार ५ सय ५५ र ढिकी जाँतोतर्फ प्रथमले १२ हजार ५ सय ५५, द्वितीयले ७ हजार ५ सय ५५, तृतीयले ५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए ।

ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतिको संरक्षण, महिला दिदी–बहिनीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी, नृत्य र सङ्गीत मार्फत महिला सशक्तीकरणमा टेवा पु¥याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रूपमा विकास गर्ने, लोपोन्मुख संस्कृतिको जगेर्ना, अन्तर्निहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सांस्कृतिक, खेलकुद तथा ज्ञानवर्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन टेवा पुर्‍याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरूको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवासीय क्रिया कर्म भवनलाईलाई सुविधा सम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उद्देश्य सहित महोत्सव आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

महोत्यसको उद्घाटन सत्रमा प्रतिनिधि सभाका सदस्य दामोदर पौडैल, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, संविधान सभा सदस्य सारदा पौडैल, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, पोखरा १ का अध्यक्ष सहारा प्रधान, पोखरा २ का अध्यक्ष दिवसमान प्रधानाग, आयोजक केन्द्रका उपाध्यक्ष निरज विक्रम राणा लगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गदै तीजलाई भड्किलो हैन मौलिक रूपमा मनाउन आग्रह गरेका थिए । 

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै