कास्कीको अन्नपूर्ण गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १७, २०८२
e3110b31-5fe4-4865-8883-22d86057562c

पोखरा । नागरिकसँग गुनासा सुन्न कास्कीको अन्नपूर्ण गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ ।
वडा प्रहरी कार्यालय बगर र सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको संयुक्त आयोजनामा अन्नपूर्ण गाउँ पालिकामा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल प्रहरीले गरेका सेवा प्रवाहमा आम नागरिकको सुझाव सहित गुनासा सुन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । अन्नपूर्ण गाउँ पालिका गाउँ पालिकाको कार्यालयको व्यवस्थापनमा भएको उक्त कार्यक्रममा राजानितिक दल, जनप्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, कर्मचारी, विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिले नेपाल प्रहरीको उपस्थितिलाई गाँउपालिका अझै बढाउनुपर्ने सुझाव दिएका थिए ।

गाउँपालिका विभिन्न खालका चोरी डकैटीहरु बढेको बताउँदै यसको समाधानका लागि प्रहरीको उपस्थिति बढाउन पर्ने सहभागीहरूको भनाई थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्नपूर्ण गाँउ पालिकाका अध्यक्ष विष्णु बहादुर केसीले गाउँ पालिकामा शान्ति सुरक्षा अमन चयन कायम राख्न प्रहरीसँग हातेमाले गरेर अगाडि बढ्ने बताए ।

उनले गाउँपालिकामा रहेको अस्थायी प्रहरी चौकीलाई मर्मत गर्न गाउँपालिकाले बजेट नै छुट्टाएर बस्ने व्यवस्था गरेको उल्लेख गर्दै आगामि दिनमा पनि पालिकाले प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा सहभागीले सोधेका प्रश्नको उत्तर दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शान्ति सुरक्षा कायम गर्न समुदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

समाजमा आपराधिक  क्रियाकलापलाई न्यूनीकरण गर्न समुदाय पनि उत्तिकै जिम्मेवारी हुने बताउँदै उनले आपराधिक क्रियाकलाप केहि भए तुरुन्त जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना दिन आग्रह गरे । उनल अन्नपूर्ण गाँउपालिकामा देखिका समस्या हल गर्न जिल्ला प्रहरी कार्यलय सधै तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष फणीन्द्र प्रसाद पौडेल, ११ का वडा अध्यक्ष हितबहादुर गुरुङ, स्थानीय महेश्वर पौडेल, भानु दाहाल, नारायणप्रसाद भण्डारी,  रोहन परियार, सरोज सुनार, सन्ध्या भण्डारी, कृष्णराज अधिकारी, शिवहरि सुवेदी, सङ्गीता गौतमलगायतले सुझाव सहित आफ्ना जिज्ञासा राखेका थिए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले स्वागत र प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार