भोलि हेमजाको डिभाइडरमा फुलका बिरुवा रोपिने

एक हप्ता भित्रमा विभिन्न जातका ११ सय फुलका बिरुवा रोपिँदै

राष्ट्र न्यूज सम्वाददाता
जेठ २१, २०८२
493722643_10233391971773841_1611193852538383147_n

पोखरा। पोखरा महानगर पालिका वडा नं. २५ हेमजामा भोलि (बुधवार) फुलका बिरुवा रोपिने भएको छ । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका को क्लिन सिटी ग्रिन सिटी कार्यक्रम अनुसार २ लाख २६ हजार बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ अनुरूप नै बुधवार हेमजा फुलका बिरुवा रोपिने भएको हो ।

बिहान ७ः३५ बजे पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य उपस्थितिमा पोखरा २५ साझा चोकमा फुलका बिरुवा रोपिने कार्यक्रम रहेको महानगरका प्रवक्ता तथा पोखरा–२५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिए । 

उनका अनुसार राजमार्गको याम्दी देखि फेदी सम्मको सडक खण्डको १२ कि.मि. दुरीको डिभाइडरमा विभिन्न जातका १ हजार १ सय विभिन्न जातका फुलका बिरुवा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ । डिभाइडरमा खाल्टा खन्ने काम जारी रहेकोले एक हप्ता भित्रमा १ हजार १ सय फुलका बिरुवा रोपी सकिने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

‘महानगरको अभियान अन्तर्गत हेमजाबाट वृक्षारोपण कार्यक्रम सुरु हुदैछ’ अध्यक्ष तिम्सिनाले भने, ‘यो अभियानमा सहभागिताको लागि सम्पूर्ण टोल विकास संस्था, नागरिक  समाज, आमा समूह, युवा क्लब, कर्मचारी , विद्यालय, वित्तीय संस्था लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ ।’

पहिले रोपिएका बिरुवाहरू हुर्काउन धेरै प्रयत्न गर्दा पनि माटोको लेभल कम भएको कारणले बढ्न नसकेका कारण  अहिले आवश्यक साइजको खाडल, नयाँ माटो र मल हालेर बिरुवा रोप्ने तयारी भइरहेको तिम्सिनाले जानकारी दिए । यस अघि जेठ २२ गते गर्ने भनिएकोमा भोलि नै वृक्षारोपण कार्यक्रम हुनेछ ।

Related News

सम्बन्धित समाचार

Trending

ट्रेन्डिङ्ग