पोखरा । हेमजा युनाईटेडको आयोजनामा आज देखि अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुदै छ । पोखरा महानगर पालिका तथा वडा नं. २५ को संरक्षणमा हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल बिहान १० बजे हेमजा गौरीशङ्कर खेल मैदान(गैरी)मा आयोजक पोखरा–२५ हेमजा युनाइटेड निलो र वडा नं. २९ बिच हुने हेमजा युनाईटेडका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक इन्द्र कुँवरले जानकारी दिए ।
प्रतियोगिता ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जेठ १० देखि १७ गते सम्म चल्ने छ । प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहकाले मात्रै सहभागिता जनाउन सक्नेछन् ।
आज नै दोस्रो खेल वडा न. १५ र १६ बिच हुने छ । प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं २५ को २ समूह सहित १३ समूहले टिम दर्ता गरेका छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य गर्ने अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १ सय ११ र द्वितीय पुरस्कार रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको हेमजा युनाईटडका कोषाध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।
उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए ।
गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।
Related News
सम्बन्धित समाचार
पर्वत नवलपुरसंग ९ विकेटले पराजित
कोटिहोमचोक घोषणा,चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने
कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित
कोटिहोममा ५ लाख बढी भक्तजनले दर्शन गरेको आयोजकको दाबी
कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने