स्वधर्म रक्षाको लागि १६ वर्ष अगाडिदेखि निरन्तर प्रकाशित हुँदै आएको प्रेस काउन्सिल नेपालद्वारा “क” वर्गमा वर्गीकृत आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र राष्ट्रिय मासिक” ले आफ्ना धर्महरु राम्रोसंग निर्वाह गर्ने क्रममा धर्म रक्षाका लागि २०८१ फागुन, चैत र २०८२ वैशाख अंकलाई पोखरा कोटिहोमको सेरोफेरोमा रहेर विशेषाङ्कको रुपमा प्रकाशित गरेको पाइएको छ |
अग्निचक्रले फागुन २०८१ को अंकलाई “श्रीगण्डकी कोटिहोम पोखरा विशेषाङ्क” को नाम दिएर प्रकाशित गर्दा श्रीगण्डकी कोटिहोम पोखरा स्थित लेकसाइडमा हुने भनेर प्रचार गरिएको थियो | प्राविधिक कारणले गर्दा अहिले कोटिहोम पोखरा-१७, बिरौटामा भव्यरुपमा संचालन भैरहेको छ |
आज २०८२ साल वैशाख २७ गते शनिवार कोटिहोम स्थल बिरौटामा भक्तजनहरुको उल्लेख्य मात्रामा उपस्थिति देखिएको छ | धेरै नै भिडभाड देखिएको आजको कोटिहोम परिसरमा अग्निचक्रका सम्पादक/प्रकाशक लक्ष्मीनारायण भट्टराई संग जम्का भेट भयो | शुद्ध शाकाहारी भेजिटेरियन जेन्टलमेन पत्रकारको रुपमा भट्टराई लाई चिन्ने गरिन्छ | आफू वैदिक सनातनी धर्मको भएकै कारण कोटिहोमलाई सफल बनाउन लागिपरेको कुरा सम्पादक भट्टराईले बताउनु भयो |
अग्निचक्रले आफ्नो २०८१ चैत अंकलाई पनि “शत कुन्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्क” को नाम दिएर प्रकाशन गरेको थियो | फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना, चैतमा गण्डकीका मुख्यमन्त्रीको शुभकामना र यो वैशाखमा सभामुखको शुभकामना अग्निचक्रमा प्रकाशित भएको पाइएको छ |
श्री गण्डकी कोटिहोमलाई अग्निचक्रको विशेषाङ्क मार्फत शुभकामना दिनुहुने प्रधानमंत्री लगायतका सबै व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिँदै भट्टराईले “कोटिहोम-महायज्ञ-विशेषाङ्क-२०८२-वैशाख” मा शुभकामना दिनुहुने सभामुख लगायतका अन्य सबै महानुभावहरुलाई पनि नमन गर्नुभएको छ |
हामीले हिजो “अग्निचक्र राष्ट्रिय मासिक-कोटिहोम-महायज्ञ-विशेषाङ्क-२०८२-वैशाख” का पेजहरु राखेका थियौं र आज चैतको “शत कुन्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्क” का पेजहरु यहाँ राखेका छौं | हेर्नुहोस्:—
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने