अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २५, २०८२
54843b89-7eea-4469-bea2-c4a8126adf0d

प्रधानमन्त्री र मुख्यमन्त्रीले शुभकामना दिइसकेको यज्ञशिरोमणि बालयोगेश्वरले संकल्प गरेको पोखरा-कोटिहोममा सभामुख लगायतको शुभकामना प्रकाशित भएको पाइएको छ | राजधानी काठमाडौंबाट १६ वर्ष १० महिना अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र राष्ट्रिय मासिकले फागुन २०८१ को अंकलाई कोटिहोम विशेषाङ्कको रुपमा प्रकाशित गरेको थियो |
लगत्तै चैतमा पनि २०८१ वर्ष १६, अङ्क ९, पूर्णाङ्क १६१ (चैत २०८१) लाई शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कको रूपमा प्रकाशित गरेको पाइएको छ । साथै वैशाख २०८२ को अंकलाई पनि कोटिहोम महायज्ञ विशेषाङ्कको रुपमा यसैसाता प्रकाशित गरेको छ |

पोखरामा २०८१ चैत १७ देखि २०८२ जेठ २६ सम्म भैरहेको कोटिहोमको सम्पूर्ण विषयवस्तु समेटिएको अग्निचक्र मासिकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका व्यक्तित्वहरुको शुभकामना-मन्तव्य प्रकाशित छ । यसका अलावा पोखरा महानगरपालिका मेयर र पोखराका सिडियोको समेत शुभकामना प्रकाशित छ । पोखराका समाजसेवी-अभियन्ताहरु एवं कास्की जिल्ला क्षेत्रका स्थानीय जनप्रतिनिधिहरु, उद्योगी, पर्यटन व्यवसायीहरु, समाजसेवीहरु, विद्वान् पोखरेलीवासीहरुको अन्तर्वार्ता तथा शुभकामना समेत प्रकाशित भएको छ |

अग्निचक्रका विशेष-अङ्कहरुमा कोटिहोम हुने स्थान पोखरा-१७, बिरौटाका भद्रभलाद्मीहरु, आमा समुह, युवाक्लब लगायतका संघ संस्थाहरुको पनि कोटिहोम सफलताको कामना गर्दै शुभकामना छापिएको छ । गण्डकी क्षेत्रका आम जनमानस अहिले कोटिहोम स्थलमा भेला भएर जय श्रीगण्डकी कोटिहोम भन्दै खुसियाली व्यक्त्त गरिरहेका छन् |

बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोम पोखरा-१७, बिरौटामा अहिले सभ्यभव्य रुपमा धमाधम भैरहेको छ । गण्डकी प्रदेशका सबै माननीयहरु, वडाअध्यक्षहरु लगायत आम पोखरेलीहरुको शुभकामना कोटिहोमले पाएको प्रमाण अग्निचक्रले दिएको छ | पोखरामा अहिले ७७ जिल्लाकै भक्तजनहरुको भव्य उपस्थिति देखिएको छ |

गत फागुनको अंकमा पनि अग्निचक्रले श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क प्रकाशित गरेको थियो । धार्मिक भावनाले युक्त, सात्विक एवं स्वच्छ छविको चिनारी पाएका वरिष्ठ पत्रकार लक्ष्मी नारायण भट्टराई सम्पादक/प्रकाशक रहनु भएको अग्निचक्रको ३ वटै विशेष-अङ्कका सामाग्रीहरुलाई यहाँ राखेका छौँ :































Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग