पोखरा, २१ वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव सङ्कलन गरेको छ ।
तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव सङ्कलन गरेको हो ।
कास्की काँग्रेसले पहिलो पटक वडा कार्यसमितिका सभापतिसँग छलफल गरेको थियो । दोस्रो पटक आइतबार पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । सोमबार पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गरिने छ।
‘आवश्यकता बुझ्ने छौँ, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने, त्यसपछि तीन तहका सरकारसँग लबिङ गर्ने छौँ ।
सुझावका आधारमा पोखरा र गाउँपालिकाको आवश्यकता पहिचान हुने र त्यसै अनुसार अगाडि बढ्ने तयारी छ । सुझाव सङ्कलन पछि पोखरामा आवश्यक भौतिक पूर्वाधार र जनताको प्रमुख आवश्यकता के छ त्यस बारेमा निष्कर्ष सहित तीन तहका सरकारसँग लबिङ गरिने कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
वैशाख अन्तिम साता कोटिहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने
कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै
रत्न श्री जीमव्दारा श्री महर्षी गुरूकुल आश्रममा ट्रयाकसुट सेट वितरण
कोटिहोम विराट ज्ञान महायज्ञको एक सय हवनकुण्डमा हवन सुरु
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने