पोखरा, २० वैशाख । पोखरा महानगर पालिका वडा नं. ३ नारायणस्थान स्थित श्री महर्षी गुरुकुल विद्याश्रमका विध्यार्थीलाई ४० थान ट्रयाकसुट सेट वितरण गरिएको छ ।
रत्न श्री जीमका दिवंगत प्रोपाटर वकिलमान ( शंकर ) उदासको सुगति सहित मृतात्माको चिरशान्तिको कामना गर्दै छोरी सुभेच्छा , छोरा बुहारी सुबोध र अंशु उदासले सामग्रीहरू वितरण गर्नुभएको हो ।
त्यस अवसरमा पालिखे चोक स्थित पालिखे आईरनका प्रोपाईटर विक्रम पालिखेबाट सहयोगमा प्राप्त खेलकूदका सामानहरू पनि विद्यालयलाई ज्योती उदासले हस्तान्तरण गर्नुभयो ।
दाताहरूको शुभमंगलको कामना गर्दै वटुकहरुले स्वाति वाचन गर्नुको साथै मंगल कामना पाठ गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले दाता परिवारजनमा धन्यवाद सहित आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं . ३ का अध्यक्ष प्रकाशमान उदासले दिवंगत वकिलमान उदासको जीवनी बारे बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
कोटिहोम विराट ज्ञान महायज्ञको एक सय हवनकुण्डमा हवन सुरु
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो
श्रम गर्ने मजदुरसँग सम्मानजनक व्यवहारको खाँचो प्रदेश प्रमुख भट्ट
पर्यटकीय नगरी पोखरामा आज देखि कोटी होम विराट ज्ञान महायज्ञ सुरु