पोखरा । यही चैत २४ देखि वैशाख ३ गतेसम्महुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ। आयोजक विष्णुपादुका क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको तयारी बारे जानकारी दिएको हो।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँःआलु एक परिकार अनेक’ भन्ने मूलनाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।
त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी पनि रहेको महोत्सव मूलआयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।
पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले आलु महोत्सव समग्र पोखराकै ब्राण्ड बनेको उल्लेख गर्दै महोत्वसव कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पारे ।पछिल्लो पटक हेमजा महोत्सवमय बन्दै गइरहेको उल्लेख गर्दै उनले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास समेत व्यक्त गरे ।
त्यस अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गण्डकीका माधव लम्साल, ज्ञान केन्द्र कास्कीका कृषि प्रसार अधिकृत रामकृष्ण अर्याल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीलगायतले पनिधारणा राख्दै आलु महोत्सवको प्रवद्र्धनमा जोड दिए । उनीहरुले आलु महोत्सवलाई अझ सुदृढ एवम् परिमार्जन गर्दै लैजानुपर्ने बताउदै कृषि उपजका नाममा महोत्सवहुनु आफैँमा महत्वपूर्ण भएको औल्याए ।
मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विकल थापाले स्वागत तथा ममहोत्सवका महासचिव हिक्मत थापाले कार्यक्रम सञ्चालन गरेका थिए।
वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमा आलु खेतीगर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेतीगर्दै आउनुभएको छ । त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत १८ हजार ५ सय ५७ रहेकोमा औसद उत्पादन ७ सय ५ केजी प्रति रोपनी रहेको तथ्याङकमा उल्लेख छ ।
हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचार प्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषिपर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्रीवितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णतादिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी
सोँथर बेँसी टारी बजार मेला सकियो, फाइब ए साइड फूटबलको उपाधि लम्तरी युवा क्लबलाई