यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम एप्स’ मंगलबारबाट सन्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सन्चालनमा आएको हो ।
उक्त एप्समार्फत लाइभ टीभीमा नेपाली, हिन्दी तथा विदेशी भाषालगायत विभिन्न विधाका १३० च्यानल हेर्न सकिने र भविष्यमा च्यानलको संख्या आवश्यकताअनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।
नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिनेछ । यो सेवा नेपाल टेलिकमका जिएसएम तथा सिडिएमएका प्रिपेड/पोस्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।
हाललाई दशँै–तिहारको अवसरमा पहिलो एक महिनाका लागि एप्स उपयोग गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको समेत टेलिकमले जनाएको छ ।
एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।
सो मोबाइल एप्स ‘गुगल प्ले स्टोर’ तथा ‘एप्पल एप स्टोर’बाट डाउनलोड गर्न सकिन्छ । मोबाइलमा ‘मोबाइल एप्स डाउनलोड’ गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई प्रमाणित गरी रजिस्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ । रासस
Related News
सम्बन्धित समाचार
एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थीलाई अभिमूखिकरण
होली माउण्ट माविले रजत महोत्सव मनायो
व्यापार मेलामा सूचना प्रविधिबारे परिचर्चा
लाटोकोसेरो संरक्षण अभियानमा विद्यालयमा क्लब गठन
१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने