पोखरा। दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको २०८०÷०८१ सम्म शेयर पुँजी ३ करोड १ लाख २८ हजार ५ सय, निक्षप संकललन ४ करोड ३६ लाख १ हजार ७ सय ९२ रुपैया र ऋण लगानी ५ करोड ६९ लाख ९५ हजार ४ सय २७ रुपैया रहेको छ ।
कार्यक्रममा संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, ऋण उपसमिति संयोजक कुल प्रसाद त्रिपाठी, लेखा समिति संयोजक प्रकाशचन्द्र त्रिपाठीलेले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको थियो ।
संस्थाले शेयर सदस्यहरुलाई व्यवयसायिक बनाउने निति अनुसार ९ प्रतिशत व्याजदरमा कृषि तथा व्यवसाय कर्जा प्रदान गर्ने अध्यक्ष मोहन प्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।
‘विशेष गरि संस्थाका शेयर सदस्यलाई नै लक्षित गरेर सञ्चालक समितिले कम व्याजदरमा कर्जा प्रवाह गर्ने निर्णय गरेको हो’ त्रिपाठीले भन्नुभयो –‘ कृषि पेशलाई व्यवसायिक बनाउनका लागि संस्थाको शेयर सदस्यहरुले यो सुविधा लिनुहोस् ।’
शेयर सदस्यलाई वार्षिक रुपमा बोनस मात्र नभई अन्य सेवाहरुबाट सुविधा दिने लक्ष्य संस्थाको रहेको उहाँको भनाई थियो । उहाँले आफ्नो कारोवार आफ्नै सहकारी मार्फत गर्न सम्पूर्ण शेयर सदस्यहलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता ओमकुमारी बास्तोला, असल ऋणि तुलदेवी रोकालाई सम्मान गरिएको थियो । उहाँहरुलाई संस्थाका अध्यक्ष मोहनप्रसाद त्रिपाठी, सल्लाहकार होतराज त्रिपाठी र सल्लाहकार प्रकाशचन्द्र सापकोटाले अविर खादा र मायाको चिनो सहित सम्मान गर्नुभएको थियो । त्यसैगरी संस्थाकी कर्मचारी प्रभा पौडेललाई विदाई गरिएको थियो ।
दियालो कृषि सहकारी संस्थाका अध्यक्ष मोहन प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद त्रिपाठीले स्वागत, सदस्य मनिषा पोख्रेलले सहकारीका सात सिद्धान्त र सचिव वेदराज त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी